मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि

ratopati.com · Wed Jun 17 20:46:05 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को रोमान्चक भिडन्तमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ ।

खेलको ४२ औं मिनेटमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–१ को स्थितिमा पुर्‍याएका हुन् । मिडफिल्डर डिक्लन राइसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै केनले टोलीका लागि दोस्रो गोल गरे ।

यसअघि खेलको १२ औं मिनेटमा केनकै गोलबाट अग्रता लिएको इंग्ल्याण्ड विरुद्ध ३६ औं मिनेटमा क्रोएसियाका मार्टिन बटुरिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफ सकिनु केही समय अगाडि केनले पुनः गोल गरेपछि इंग्ल्याण्डले खेलमा आफ्नो पकड बलियो बनाएको छ ।

अहिले पहिलो हाफको अन्तिम समयतिर खेल जारी छ र इंग्ल्याण्ड २–१ ले अगाडि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

टिप्पणीहरू