मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन रोकियो तामाखानीको अध्ययन ?

baahrakhari.com · Wed Oct 13 01:31:00 GMT 2021

बागलुङ । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो ।

एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण सुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जनाएको छ । चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मङ्सिर महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो । एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत सङ्क्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए ‘‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं अब बाँकी काम केही समयमा सुरु हुन्छ’’ अधिकारीले भने, ‘‘कोभिड कम भएको छ, दसैँं, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’’

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)