परराष्ट्रमन्त्री र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, लगानी वृद्धि गर्ने विषयमा छलफल
baahrakhari.com · Thu Jul 09 06:38:24 GMT 2026

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ । बिहीबार (असार २५) बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
“भेटघाटका क्रममा दुई मन्त्रीहरूले व्यापार, लगानी, एआई, डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार, नवीकरणीय ऊर्जाका साथै प्राथमिकताका क्षेत्रहरूमा सार्वभौम सम्पत्ति कोषको लगानी वृद्धिसहित पारस्परिक हितका विभिन्न क्षेत्रहरूमा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने बारेमा विचार आदानप्रदान गर्नुभयो,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)