मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

barnanmedia.com · Sat Jul 12 21:30:41 GMT 2025

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको हो ।

बाह्र वर्षअघिदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आउनुभएका धर्मराजले उत्पादन गर्नुभएको आलु प्रतिकिलो रु ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका उहाँले तीन युवालाई रोजगारीसमेत दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)