घाइते छाडा चौपायाको उद्धारमा विष्णु
barnanmedia.com · Sat Jul 12 21:47:05 GMT 2025

कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स्याहारमा समर्पित छन् । उहाँले सडक दुर्घटना होस वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायाको उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्ने गरेका छन् । पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ ।
“घाइते, बिरामी छाडा चौपाया देखेपछि दयाको भावना जाग्छ, घरमै लगेर उपचार गर्छु”, पनेरुले भन्नुभयो, “उपचारपछि व्यवस्थापन गर्ने स्रोत नहुँदा पुनः सडकमै छाड्नुपर्दा नराम्रो लाग्छ ।” उहाँले हालसम्म करिब एक हजार बढी जनावरको उद्धार तथा उपचार गरिसकेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)