ओमान जेलमा २५ नेपाली, अधिकांश वित्तीय ठगीमा संलग्न
rajdhanidaily.com · Sat Jul 12 23:10:40 GMT 2025

काठमाडौं । धन कमाएर परिवार पाल्ने सपना लिएर ओमान पुगेका नेपालीहरूमध्ये २५ जना जेल जीवन बिताइरहेका छन् । मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विशेषकुमार साहका अनुसार २५ जना नेपाली ओमानको विभिन्न जेलमा रहेका छन् । जसमा ३ महिना र २२ जना पुरुष छन् ।
उनीहरूमध्ये अधिकांश वित्तीय ठगीसम्बन्धी केसका छन् । ‘अन्य केही जरिमानासम्बन्धी मुद्दामा जेलमा रहेका छन्, व्यक्तिको स्वार्थका कारण थोरै समयमा धेरै पैसा कमाउने लोभमा नेपालीहरू फस्ने र जेल पर्ने गरेका छन्,’ उनले भने । दूतावासले केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर ओमन आएकाले गैरकानुनी काम नगरी घर परिवारलाई सम्झिएर काम गर्न पनि अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)