कर्णालीका मुख्यमन्त्रीले उठाए यी मुख्य समस्या
rajdhanidaily.com · Sat Jul 12 23:25:36 GMT 2025

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासका लागि लगानी बढाउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशले भोगिरहेका समस्या र त्यसको समाधानका लागि संघीय सरकारले खेल्नुपर्ने भूमिका’bout ध्यानाकर्षण गराए ।
उनले वर्षौँदेखि अलपत्र परेका पूर्वाधार आयोजनाहरू टुंग्याउन र नीतिगत अवरोध फुकाउन जरुरी रहेको औंल्याए । कर्णालीका महत्वपूर्ण विकास योजनाहरूमा संघीय सरकारको लगानी अपर्याप्त भएको बताएको छु, विगतमा संघीय सरकारबाट सुरु भएका तर सम्पन्न हुन नसकी अलपत्र परेका सडक, पुल, भवनजस्ता पूर्वाधार निर्माणमा संघीय सरकारको बोल्ड डिसिजन’ आवश्यक छ,’ कँडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्, भेरी करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न, सार्वजनिक खरिद ऐनलाई प्रदेश र स्थानीय तह अनुकुल बनाउन र साझा कानुन निर्माण गर्न आवश्यक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)