मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

बेलिङहमको गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

onlinekhabar.com · Wed Jun 17 21:19:34 GMT 2026

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा इंग्ल्यान्डले क्रोएसिया विरुद्ध दोस्रो हाफमा फेरि अग्रता लिएको छ ।

डालास स्टेडियममा भइरहेको खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाएका हुन् । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका हुन् ।

इंग्ल्यान्डले तेस्रो पटक खेलमा अग्रता लिएको हो ।

यसअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनले दुई पटक गोल गर्दे अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक बराबरी गोल फर्काएको हो ।

कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

केनले ४२औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए । पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

टिप्पणीहरू