वनै नभएको क्षेत्रलाई वन क्षेत्र बनाएर जनताको हुर्मत लिइएको छ : सांसद कार्की
annapurnapost.com · Thu Jul 09 06:57:52 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले नेपालको राजनीतिले वन नै नभएको क्षेत्रलाई वन क्षेत्र बनाएर व्याकरण र जनताको हुर्मत लिइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद कार्कीले मोरङको कानेपोखरी बजार स्थापना भएको ६० वर्ष हुँदा पनि आजसम्म पनि कागजमा वन क्षेत्रभित्रै पर्ने बताए ।
उनले १९८३ असार १५ मा दही चिउरा खाएर सुरु भएको बयरवन बजार आज १०० बर्ष १० दिनको भएको बताउँदै त्यहाँ पनि भूमिकै समस्या रहेको बताए। सांसद कार्कीले फिल्डमा दशकौंदेखि वन नभए पनि कागजमा वन क्षेत्र रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)