एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा
ratopati.com · Tue Dec 30 18:04:02 GMT 2025

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन् । संघीयतापछि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बनेका घिमिरे २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
घिमिरेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटघाट गरेपछि रास्वपा प्रवेशको चर्चा सुरु भएको हो । सोमबार शाहसँग भेटेर मंगलबार रुपन्देही फर्किएका घिमिरेले आफूलाई प्रस्ताव आएको स्वीकार गर्दै रातोपाटीसँग भने, ‘प्रस्ताव आएको छ, तर अझै ठोस निर्णय गरेको छैन ।’ स्रोतका अनुसार उनलाई रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्तावसमेत आएको छ र त्यसमा उनी सकारात्मक देखिएका छन् । रास्वपाले औपचारिक कार्यक्रममार्फत घिमिरेलाई पार्टी प्रवेश गराउने तयारी गरिरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)