कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
ratopati.com · Wed Jun 17 21:23:10 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोसँग अप्रत्याशित बराबरीमा रोकिएपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन् ।
खेल सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै ४१ वर्षीय भेट्रान स्ट्राइकर रोनाल्डोले टोलीको मनोबल उच्च राख्न प्रेरित गरेका हुन् । उनले लेखेका छन्, ‘हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन । शिर उच्च राख्नुहोस् र अर्को खेलमा ध्यान केन्द्रित गर्नुहोस् ।’
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
बुधबार राति ह्युस्टनमा भएको समूह ‘के’ को खेलमा पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । खेलको छैटौं मिनेटमा जोआओ नेभेसको गोलमार्फत पोर्चुगलले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा कंगोका योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
विश्वकपका ६ वटा फरक–फरक संस्करणमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाउने लक्ष्यका साथ मैदान उत्रिएका रोनाल्डोले यस खेलमा गोल गर्न नसके पनि आफ्नो टोलीको यात्रा अझै बाँकी रहेको भन्दै सन्देश दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)