मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौर्यको जहाज दुर्घटना रहस्यमय !

rajdhanidaily.com · Wed Jul 24 23:15:47 UTC 2024

काठमाडौं । चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने एक जना घाइते छन् । क्याप्टेन मनीषरत्न शाक्यले उडाएको सो विमान दुर्घटनामा उनीबाहेक सबैको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदै छ । उनी खतरामुक्त छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘कम्प्लिट चेक’ (सी–चेक)का लागि पोखरा जाँदै गरेको सो जहाज उडानका क्रममा दुर्घटनामा परेपछि आमजनमानसमा जहाज उडानयोग्य थियो कि थिएन भन्ने जिज्ञासा उठेको छ । सी–चेकलाई बोलीचालीको भाषामा पूर्ण परीक्षण तथा मर्मत भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)