जनताले आर्थिक–सामाजिक अधिकार पाएका छैनन् : झलनाथ खनाल
ekagaj.com · Sat Oct 07 15:55:18 GMT 2023
बर्दघाट (नवलपरासी)- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताहरूले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।
समाजवादी जागरण अभियानद्वारा बर्दघाटमा आज आयोजित आमसभामा उनले राजनीतिक परिवर्तनका कारण बोल्ने, सङ्गठित हुने अधिकार प्राप्त गरे पनि वर्गीय शोषणको अन्त्य नहुँदा उनीहरूको आर्थिक रूपान्तरण हुन नसकेको बताए । उनले देशमा भोकमरी अभाव अन्त्य गर्न सके शोषण र विभेद समाप्त हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)