सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः आजपाद्वारा दोषीलाई कारवाही गर्न माग
rajdhanidaily.com · Wed Jul 24 23:30:53 UTC 2024

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानून अनुसारको कडा कारवाही गर्न माग गरेको छ ।
आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन तत्काल उच्च स्तरीय छानबीन समिति गठन गरी दोषीहरुलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछु’ प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)