मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सुन्दरहरैचामा पहिलो पटक भित्र्याइयो रोपाइँ गर्ने मेसिन

rajdhanidaily.com · Wed Jul 24 23:32:20 UTC 2024

बिराटनगर । साउन ९ गते बिहान मोरङको सुन्दरहरैचाको मृगौलियामा मेसिनले धान रोप्ने अभ्यास हुँदै थियो। युवा उद्धमी किसान शेखर निरौलाको जग्गा धान रोप्न तयार पारिएको थियो। सअघि सुन्दरहरैचामा मेसिनबाट धान कतै पनि रोपिएको थिएन। त्यसैले स्थानीय सर्वसाधारण मेसिनले धान रोपेको दृष्य अवलोकन गर्न खेतमा पुगेका थिए।

सुन्दरहरैचामा पहिलो पटक रोपाइँ गर्ने मेसिन भित्रीएको र मेसिनले खेतमा धान रोप्न थालेपछि स्थानीय सर्वसाधारण चकित बने। सुन्दरहरैंचा २ का युवा उद्धमी निरौलाले यो धान रोप्ने मेसिन पहिलो भित्राएका हुन् । धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नुपर्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)