मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली पानी, प्राणी र भविष्य

rajdhanidaily.com · Wed Jul 24 23:38:37 UTC 2024

पिउने पानी मानिसका लागि प्राण हो । यो जीवन हो । संसारमा पाइने पानी सबै पिउनयोग्य हुँदैन । पिउनयोग्य पानी थोरै मात्र छ । नेपालमा ६ हजार साना ठूला नदी र खोलाहरू छन् । उत्तरमा सिंगो हिमालय छ । हिमाल भएकै कारणले नेपालमा पानीको अथाह भण्डार छ । अजस्र जलबहाव छ । तथापि पछिल्लो समयमा पिउने पानीको अभाव हुन थालिसकेको छ । त्यसैले, नेपालमा सन् २०३० सम्म सबैका लागि पानी र सरसफाइको लक्ष्यअनुरूप कार्यक्रम अघि बढाइएको छ ।

विश्वमा ९७ प्रतिशत पानी समुद्रमा छ । यो पानी खासै प्रयोगमा आउँदैन । ताजा पानी जम्मा ३ प्रतिशत रहेको मानिन्छ । त्यो पानी जलवाष्प, हिउँ, मूल र अभेद्य चट्टानमाथि रहेका मानिन्छ । यसमध्ये दुई तिहाइ हिमाल र हिमनदीमा रहेको छ । यसमध्ये मात्र १ प्रतिशत उपयोगमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)