मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको केन्द्रीय कमिटी बैठक असार १५ देखि

hamrakura.com · Mon May 25 00:00:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक आइतबार सम्पन्न भएको हो ।

आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’

बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको हुनाले जुन बजेट ल्याउने क्रम छ त्यसलाई केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पुर्याउन विज्ञलाई पठाउने निर्णय गरेको छ ।

उनले भने, ‘प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको छ । त्यो बारेमा छलफल गर्न आवश्यक छैन । बजेट जो ल्याउने क्रम छ, केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पुर्याउन विज्ञलाई पठाउने भन्ने छ ।’

उनका अनुसार पार्टीभित्र जुन खालको एकता र भाव पैदा भएको छ त्यो भावले फेरि उत्साह आम पार्टी पङ्क्तिमा र जनतामा त्यो पैदा हुन्छ भन्ने विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय