मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सूचना मागेपछि महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो’

barnanmedia.com · Wed Jul 24 23:38:36 UTC 2024

काठमाडौँ, १० साउन : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेपछि मात्रै स्थानीय तहको बेरुजुसम्बन्धी विवरण महालेखापरीक्षकको कार्यालयले वेबसाइटमा राख्न थालेको बताउनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको सूचनामा दिगो पहुँच कार्यक्रमअन्तर्गत प्रशिक्षक प्रशिक्षण निर्देशिका, २०८१ को पाठ्यक्रमसम्बन्धी छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । महालेखापरीक्षकको कार्यालयले पहिले स्थानीय तहको बेरुजुसम्बन्धी विवरण वेबसाइटमा राख्ने गरे पनि नकारात्मक सन्देश गएको भन्ने दबाबका आधारमा बन्द गरेकामा सूचनाको हक प्रयोग गरेर माग हुन थालेपछि आयोगकै निर्देशनमा फेरि राख्ने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)