मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै प्राविधिक बोकेको जहाज विमानस्थलमै खस्यो

ekantipur.com · Wed Jul 24 23:44:20 UTC 2024

काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ ।

फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)