सरकारलाई रास्वपा सांसदले भनिन्– किसानको आँसुको व्यापार नगर्नुस्
baahrakhari.com · Thu Jul 09 07:38:23 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन् । बिहीबार (असार २५) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।
उनले ‘हनहनी ज्वरो आउँदा समेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ?’ भन्दै प्रश्न गरिन् । किसानको आँसुको व्यापार नगर्न पनि उनले सरकारलाई सचेत गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)