मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ पटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरू

clickmandu.com · Mon May 25 02:26:53 GMT 2026

तनहुँ । लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएको छ ।

व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदीमाथिको पुलको निर्माण कार्य अलपत्र भएको थियो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । केही समय उक्त पुलको काम अलपत्र बने पनि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर पुलको काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)