मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

barnanmedia.com · Wed Jul 24 23:48:34 UTC 2024

काठमाडौँ, १० साउन : कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)