मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशको जनजीवन सहज बन्दै

ekantipur.com · Wed Jul 24 23:59:06 UTC 2024

काठमाडौँ — बंगलादेशमा सरकारी जागिरमा कायम विशेष आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलन मत्थर हुन थालेपछि त्यहाँको अवस्था केही सहज बनेको छ ।

सरकारले केही निश्चित स्थानमा इन्टरनेट सेवा खुलाएको छ भने कर्फ्युलाई केही खुकुलो बनाएको छ । आरक्षण र कोटा प्रणालीका सम्बन्धमा अदालतको आदेशले खारेज गरेपछि आन्दोलन मत्थर बनेको हो । बंगलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)