अतिप्रशंसा र विवादबिच घेरिएको रतन टाटा र टाटा समूहको इतिवृतान्त
ratopati.com · Thu Oct 10 16:26:00 UTC 2024

काठमाडौँ । अनाथ आश्रमबाट झिकेर ल्याइएको तथा धनी व्यापारी परिवारको पालन पोषणमा हुर्केको एक जना आजीवन अविवाहित मानिसको आफ्नो ८६ वर्षको उमेरमा निधन भयो । संसारभरका सञ्चारमाध्यमहरूमा खबरहरू आउन थाले ।
मूल सडकलाई ढाकेर उसको पार्थिव शरीर दिनभर सडकको बिचमा राखियो ताकि आगन्तुकहरू आएर अन्तिम श्रद्धाञ्जली दिन सकुन् । यसैबिच यौटा कुकुरलाई पनि बहुत सतर्कता साथ त्यहाँ ल्याइयो । कुकुरलाई आफ्नो मालिकको अन्तिम बिदाइका लागि ल्याइएको थियो । समग्र भारतभर कुकुरको आगमन समाचार बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)