मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

ह्यारी केनको कीर्तिमानी गोलसँगै क्रोएसियामाथि इंग्ल्यान्डको सानदार जित

setopati.com · Wed Jun 17 22:13:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ४-२ गोलकव रोमाञ्चक जित हात पारेको छ। थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डको टोली आक्रमणमा निकै आक्रामक देखिए पनि रक्षापङ्क्तिमा भने केही कमजोरी देखिएको थियो।

खेलको १२ मिनेटमा लुका मोड्रिचले नोनी माडुएकेलाई लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। केनको पहिलो प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाएका थिए, तर उनी गोललाइनभन्दा अगाडि बढेकाले पुनः पेनाल्टी प्रहार गर्ने अवसर दिइयो। दोस्रो प्रयासमा केन गोल गर्न सफल भए।

३६ औँ मिनेटमा क्रोएसियाका बटुरिनाले डिबक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली सट गोलमा परिणत भएपछि खेल १-१ को बराबरीमा पुग्यो।

४२ औँ मिनेटमा डेक्लान राइसको कर्नरमा केनले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई पुन: अग्रता दिलाए। यो उनको विश्वकप इतिहासमा १०औँ गोल थियो, जसका साथ उनले ग्यारी लिनेकरको कीर्तिमानसँग बराबरी गरे।

पहिलो हाफ सकिनु केही सेकेन्डअघि इभान पेरिसिचको हेड पासमा मुसाले गोल गर्दै खेललाई २-२ को स्थितिमा ल्याए।

दोस्रो हाफ सुरु हुनेबित्तिकै जुड बेलिङ्घमले एकल प्रयासमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ ले अघि बढाए। प्रशिक्षक टुचेलले मोर्गन रोजर्सको ठाउँमा उनलाई किन रोजेका हुन् भन्ने कुरा बेलिङ्घमले मैदानमा प्रमाणित गरिदिए। खेल सकिन ५ मिनेट बाँकी छँदा सब्सटिच्युट खेलाडीको रूपमा मैदान छिरेका मार्कस रासफोर्डले चौथो गोल गर्दै इंग्ल्यान्डको जित निश्चित गरे।

अब इंग्ल्यान्डले आफ्नो अर्को खेल बोस्टनमा घानाविरुद्ध खेल्नेछ।

ह्यारी केनले इंग्ल्यान्डका लागि ११५ खेलमा ८१ गोल पुरा गरेका छन्। उनले ग्यारी लिनेकरको विश्वकपमा १० गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

टिप्पणीहरू