भारतद्वारा १ सय २० रनको लक्ष्य प्रस्तुत
ratopati.com · Sun Jun 09 17:41:00 UTC 2024
न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानसामु जितका लागि १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको हो ।
खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)