शिथिल अर्थतन्त्रको यथार्थबाट भागेको मौद्रिक नीति — कसरी उठ्छ बजारको खस्किँदो मनोबल ?
arthasansar.com

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मुलुकको वर्तमान आर्थिक संकटलाई निकास दिन नसकेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ। वित्तीय प्रणालीमा प्रचुर तरलता (पैसा) थुप्रिए पनि बजार चलायमान हुन नसकेको वर्तमान विरोधाभासपूर्ण अवस्थामा आएको यो नीतिले निजी क्षेत्र, सेयर बजार र घरजग्गा व्यवसायमा छाएको निराशालाई चिर्न असफल भएको विश्लेषण गरिएको छ।