मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हप्तामा एक दिन गर्नुस् यो काम, २०० भन्दा बढी रोगबाट बचिनेछ

ratopati.com · Thu Oct 10 19:15:00 UTC 2024

काठमाडौँ । जीवन लामो हुनु भन्दा पनि महत्त्वपूर्ण कुरा स्वस्थ हुनु हो । तर हामीमध्ये कति जनाले स्वस्थ जीवनयापन गरिरहेका छौँ ? हरेक दिन शरीरमा कुनै न कुनै नयाँ समस्या आइरहेको हुन्छ । वैज्ञानिक निष्कर्षमा ध्यान दियौँ भने जीवनलाई स्वस्थ बनाउनको लागि कुनै सर्ट कट छैन । स्वस्थ आहार, स्वस्थ जीवनशैली र नियमित व्यायाम यसका लागि अपरिहार्य छ । यसमा गरिने कुनै पनि लापरबाही शरीरको लागि हानिकारक हुन्छ ।

एक पटकलाई मानौँ तपाई स्वस्थ आहार खानु हुन्छ । जीवनशैली पनि स्वस्थ नै छ । तर हरेक दिन व्यायाम गर्न तपाईँसँग पर्याप्त समय छैन । तर पनि तपाई यी झन्झटबाट छुटकारा पाउन सक्नुहुन्छ र स्वस्थ रहन सक्नुहुन्छ । तपाईँले एक वा दुई दिनमा एक हप्ताभरिको व्यायाम गर्नु भयो भने पनि शरीरलाई २०० भन्दा धेरै रोगहरूबाट बचाउन सक्नुहुन्छ । यो भनेको अरू केही होइन समय अभावका कारण दिन दिनै गर्न नसकेको व्यायाम हप्तामा एकै दिनमा गर्ने हो । सप्ताहान्तमै पर्याप्त व्यायाम गर्नुभयो भने पनि यो सबै पाँच दिनको व्यायाम बराबर हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)