आईएनजीओले नेपालविरुद्ध घृणा फैलाउन नपाउने
baahrakhari.com · Thu Jul 09 08:18:39 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले नेपालविरुद्ध घृणा फैलाउने किसिमका क्रियाकलाप गर्न नपाउने भएका छन् । यही असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘राष्ट्रिय सदाचार नीति, २०८३’ मा यस्तो उल्लेख गरिएको छ ।
राष्ट्रिय सदाचार नीतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले पालना गर्नुपर्ने नीतिमा भनिएको छ, “नेपालको संविधान, कानुन, नीतिको सम्मान गर्दै राष्ट्रिय हितमा काम गर्ने । नेपालविरुद्ध अवाञ्छित लाञ्छना वा द्वेष वा घृणा फैलाउने क्रियाकलाप नगर्ने ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)