मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा दिल्ली क्यापिटल्सको सान्त्वना जित

kendrabindu.com · Mon May 25 03:10:04 GMT 2026

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सान्त्वना जित दर्ता गरेको छ । दिल्लीले आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट् राइडर्सलाई ४० रनले हराएको हो ।

इडेन गार्डेन्समा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाता १८.४ ओभरमा १६३ रनमै समेटियो । कोलकाताका लागि कप्तान अजिंक्या रहानेले ६३ रनको पारी खेले । उनले ३९ बलमा समान चार चौका र छक्का प्रहार गरे । रोभमन पावेलले २९, मनिष पाण्डेले २५ र फिन एलनले २० रन बनाए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०३ रनको योगफल तयार पारेको थियो । दिल्लीका केएल राहुलले ६० रनको इनिङ खेले । उनले ३० बलमा पाँच चौका र चार छक्का प्रहार गरे । अक्षर पटेलले ३९, डेविड मिलरले २८, साहिल पारखले २४ र अभिषेक पारेलले २२ रन जोड । आशुतोष शर्मा १८ रनमा अविजित रहे ।

जितसँगै १४ खेलमा १४ अंक जोडेको दिल्ली छैटौँ स्थानमा रह्यो । पराजित कोलकाताले समान खेलबाट १३ अंकका साथ सातौँ स्थानमा रहेर लिग अन्त्य गर्‍यो । यसपटक रोयल च्यालेन्जर्स बेङ्लुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले प्लेअफमा स्थान बनाए ।

अब पहिलो क्वालिफायरमा बेङ्लुरु र गुजरात भिड्नेछन् । एलिमिनेटरमा हैदराबाद र राजस्थान प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)