मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्किङ निषेधको विरोधमा व्यापारी

gorkhapatraonline.com · Mon May 25 03:08:51 GMT 2026

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा आइतबारदेखि लागु गरिएको सडक पार्किङ निषेधको नियमको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

व्यास नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने सफा सडक क्षेत्रका व्यापारीले मात्रै मुख्य सडक र सर्भिस लेनमा पार्किङ रोकिँदा व्यापार ठप्प भएको भन्दै पसल बन्द गराएर विरोध जनाएका हुन् । दमौली बजारका अन्य क्षेत्रका पसल भने सामान्य रूपमै सञ्चालनमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)