मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

विश्वकप फुटबलमा इङ्गल्याण्डको विजयी शुरूआत, क्रोएसिया पराजित

hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026

काठमाडौँ । विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डले विजयी शुरूआत गरेको छ । इङ्गल्याण्डले बिहीबार बिहान सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले हराएको हो ।

इङ्गल्याण्डका लागि ह्यारि केनले २ तथा जुड बिलिङघम र मार्कस रास्फोर्डले १–१ गोल गरे ।

क्रोएसियाका लागि मार्टिन बाटुरिना र पिटर मुसाले १–१ गोल गरे ।

मध्यान्तरसम्म २–२ को बराबरी भएकामा मध्यान्तरपछि इङ्गल्याण्ड हावी भएको हो ।

योसँगै समूह एलमा इङ्गल्याण्डले स्पष्ट तीन अंक हासिल गरेको छ । यो समूहको दोस्रो खेलमा घाना र पानामा भिड्दै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

टिप्पणीहरू