मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामराज्य मावि हीरक महोत्सवमा ३७ लाख सङ्कलन

gorkhapatraonline.com · Mon May 25 03:19:58 GMT 2026

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षयकोषसहित ३७ लाख रुपियाँ आर्थिक सङ्कलन भएको छ । ६० वर्ष पुगेको हीरक महोत्सवको अवसरमा सञ्चालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमार्फत उक्त रकम जुटाइएको हो । अभियानका क्रममा छ वटा अक्षयकोष स्थापनाका लागि १६ लाखभन्दा बढी रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ ।

इस्मा गाउँपालिका–४ दोहली निवासी टीकादेवी महत (गोमा) को परिवारले दिवङ्गत श्रीमान् र बुहारीको नाममा पाँच लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ । स्वर्गीय लक्ष्मण महतको स्मृतिमा आफूसहित छोरा राजन महत, डा. रबिन महत, सोफिया महत र सोनिया महतले दुई लाख ११ हजार १११ रुपियाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)