निम्बसले शुरू गर्यो खाद्यवस्तुको निर्यात
abhiyandaily.com
काठमाडौं। निम्बसले नेपालबाट खाद्यवस्तुको निर्यात शुरू गरेको छ । दशैंदेखि कम्पनीले व्यञ्जन ब्रान्डमा विभिन्न खाद्यवस्तुको निर्यात शुरू गरेको हो । हाल निर्यात भएका वस्तुहरूमा अचार, पीठो, चिउरा र गेडागुडी रहेको कम्पनीले जानकारी दिएको छ । तत्कालका लागि क्यानडामा उक्त वस्तुहरू निर्यात हुन थालेको बताइएको छ । आगामी दिनमा अन्य विभिन्न देशमा खाद्यवस्तु निर्यात गर्ने योजना कम्पनीको छ । खाद्यवस्तुको निर्यातले मुलुकमा विदेशी मुद्रा भित्रिएर अर्थतन्त्रमा टेवा पुग्ने कम्पनीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)