कैलालीमा बाख्रा चराउन गएका अनिलको मृत्यु
barnanmedia.com · Thu Oct 10 21:51:19 UTC 2024

कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले धामीको सोही क्षेत्रस्थित राष्ट्रिय बनको अम्रेनि भीर भन्ने ठाँउमा लडेर मृत्यु भएको जानकारी दिए। मृतक बाख्रा चराउन गएकोमा अचानक भीरबाट लडेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)