लिभरपुलको बराबरी, टोटेनहमको फराकिलो जित
pahilopost.com · Sat Aug 06 17:04:08 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल र फुलहम बराबरीमा रोकिएका छन्। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा लिभरपुल घरेलु टोली फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएका हुन्।
खेलको ३२ औं मिनेटमा अलेक्सेन्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई ६४ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै बराबरीमा ल्याए। तर, ७२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिट्रोभिचले नै गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए। यसपटक लिभरपुलका लागि मोहम्मद सलाहले नुन्जेजकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)