मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यूपीका नयाँ विधायकहरू मध्ये आधामाथि आपराधिक मुद्दा

ratopati.com

यस पटक उत्तर प्रदेशमा बन्न लागेको १८ औँ विधान सभामा आधाभन्दा बढी दागी विधायकहरू सामेल छन्। एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) ले सार्वजनिक गरेको प्रतिवेदनमा ४०३ विधायक मध्ये २०५ विरुद्ध आपराधिक मुद्दा दर्ता भएको उल्लेख छ।

जितेकाहरू मध्ये धेरैमाथि हत्या प्रयासको आरोप लगाइएको छ। ६ जना विधायकमाथि पनि महिला हिंसा र बलात्कारको आरोप छ । पछिल्लो चुनावको तुलनामा यस विधान सभामा आपराधिक छवि भएका विधायकको सङ्ख्या बढेको छ । २०१७ मा, ४०२ मध्ये १४३ विधायकहरू विरुद्ध आपराधिक मुद्दा दर्ता भएका थिए। यस पटक ४०३ मध्ये २०५ मा फौजदारी मुद्दा दर्ता भएको छ। जसमध्ये सबैभन्दा धेरै भाजपाका विधायक छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)