मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वसाधारण लगानीकर्ता झुक्याउन करिब २ करोड कित्ता फर्जी आवेदन- आईपीओमा बदनियत पुष्टि भए घोराही सिमेन्टका सञ्चालक जेल जान सक्ने

newsofnepal.com · Wed Jun 21 00:50:12 GMT 2023

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित भए जेल सजायसम्म हुने व्यवस्था छ ।

कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौं लगानीकर्ताको करोडौं रुपियाँ भने अड्किने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोकेसँगै धितोपत्र बोर्डले लगानीकर्ताको रकम केही समय ‘ब्लक’ हुने जनाएको छ । आईपीओमा परेको नक्कली आवेदनमाथि छानबिन गरिरहेकाले सोको टुंगो नलाग्दासम्म सर्वसाधारणको रकम ‘फ्रिज’ भएर बस्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)