चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ: पूर्वअध्यक्ष रेग्मी
barnanmedia.com · Thu Oct 10 23:53:03 UTC 2024

काठमाडौँ, २५ असोजःकाठमाडौँ, २५ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।
विजयादशमी अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)