ट्याक्टर सडकबाट खस्दा बालिकाको मृत्यु
himalpress.com · Mon May 25 03:35:22 GMT 2026

काठमाडौँ- कैलालीमा रोकी राखेको ट्याक्टर सडकबाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ। आइतबार बेलुकी जिललको मोहन्याल गाउँपालिका –६ सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया तर्फ अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी स्थानीय ९ वर्षीया जयसरा सिजापतीको घटनास्थलमै मृत्यु भएको हो।
जयसरा स्थानीय उदीराम सिजापति मगरको छोरी हुन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार स्थानीय ७ वर्षीया माइरा विक घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको डीएसपी तिमिल्सिनाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)