जोखिम व्यवस्थापन गर्न बाढी र मौसम मापन केन्द्र
gorkhapatraonline.com · Mon May 25 03:33:57 GMT 2026

बनेपा, जेठ ११ गते । काभ्रेपलाञ्चोकको रोसी तथा अन्य नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने क्षति कम गर्न जिल्लाका विभिन्न स्थानमा मौसम मापन केन्द्र र बाढी मापन केन्द्र थप गरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने भएको छ । जिल्लामा वर्षापछि आउने बाढी र जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नागरिकलाई मौसमका बारेमा जानकारी दिन सकिने कामका बारेमा विभाग र विपत्सँग काम गर्ने निकायसँग छलफलसमेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम