संसदीय समिति सभापति चयन गर्न दलहरू गम्भीर भएनन् : सभामुख घिमिरे
ekantipur.com · Tue Jun 13 17:10:16 GMT 2023
काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति र संयुक्त समितिका सभापति चयनमा राजनीतिक दलहरूले गम्भीरता नदेखाएको बताएका छन् । उनले संसदीय समिति चयनमा ढिलाइ हुँदा संसद् र संसदीय समितिलाई घाटा भइरहेको पनि बताए ।
संसदीय समिति गठन भएको साढे १ महिना भइसकेको अवस्था र संसदीय समितिहरूले काम थालेको २० दिन नाघिसक्दा पनि किन सभापति चयन नभएको भन्ने इकान्तिपुरको प्रश्नमा सभामुख घिमिरेले मंगलबार राजनीतिक दलहरू जिम्मेवार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)