दुई पुल शिलान्यास
gorkhapatraonline.com · Mon May 25 03:39:51 GMT 2026

जाजरकोटमा एकै दिन दुई वटा पुलको शिलान्यास तथा एउटा पुलको उद्घाटन गरिएको छ । शनिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले विभिन्न स्थानमा पुगेर पुलको शिलान्यास र उद्घाटन गर्नुभएको हो ।
मन्त्री शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्तीखोला सडक पक्की पुल र शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुईपिपल सडक पुल निर्माणको शिलान्यास गर्नुभयो भने छेडागाड नगरपालिका–६ र जुनीचाँदे गाउँपालिका–५ जोड्ने लामातडा पुलको उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)