मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

baahrakhari.com · Mon May 25 03:55:39 GMT 2026

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (जेठ ११)देखि सुरु हुँदै छ ।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आउँदो आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन आह्वान गरेका थिए । रासस

#बजेट अधिवेशन

#नीति तथा कार्यक्रम

#प्रदेश प्रमुख

#गण्डकी प्रदेशसभा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)