मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले केन्द्रीय सदस्यमा पराजित रूपन्देहीका बासु घिमिरेले छाडे पार्टी, रास्वपा प्रवेश गर्ने तयारी 

nepalpress.com · Tue Dec 30 18:20:15 GMT 2025

रूपन्देही । नेकपा एमालेकाे ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यकाे उम्मेदार बनेर पराजित नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी छाडेकाे घाेषणा गरेका छन् । उनी काठमाडौं गएर बालेन साहसँग भेटेकाे फाेटा मंगलबार सार्वजनिक भएको थियाे । उनलाई रूपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराइएकाे नेताहरूकाे दावी छ ।

रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको घिमिरेले जनाएका छन् । दिउसाे नेपाल प्रेससँग कुरा गर्दै उनले छलफल मात्रै भएकाे बताए पनि अहिले एमाले छाडेकाे घाेषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)