यश र क्रुणालको घातक बलिङ, आईपीएलको इतिहासमा लखनऊसंग पहिलो पटक स्तब्ध भयो गुजरात
kalakarmi.com · Mon Apr 08 00:16:32 UTC 2024
काठमाडौं– लखनऊ सुपर जाइन्ट्सका लागि आइतवारको दिन निकै विशेष रह्यो । केएल राहुलको कप्तानी रहेको यो टीमले आफ्नो घरेलू मैदान लखनऊको इकाना इस्टेडियममा खेलिएको खेलमा शानदार जीत हासिल गर्यो । यो प्रतियोगितामा लखनऊले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको हो ।
आईपीएलको इतिहासमा गुजरातविरुद्ध लखनऊको यो पहिलो जीतसमेत हो । वास्तवमा, गुजरात तथा लखनऊ दुबै आईपीएलका लागि नयाँ टीम हुन् र दुबैले सन् २०२२ को सीजनदेखि आईपीएलमा सहभागिता जनाएका हुन् । यो दुबै टीमको तेस्रो सीजन हो । यद्यपि, यसक्रममा लखनऊको टीमले गुजरातविरुद्ध यो पहिलो पटक जीत हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)