कंगोसँग रोनाल्डोको पोर्चुगल १–१ गोलको बराबरीमा रोकियो
rajdhanidaily.com · Wed Jun 17 23:31:17 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
सम्बन्धित समाचार
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि खेल संघहरू ऐक्यवद्धता
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
आजबाट सुरु हुँदै फुटबल महाकुम्भ (नेपाली समयअनुसार खेल तालिकासहित)
दक्षिण कोरियाको चेक रिपब्लिकमाथि सानदार पुनरागमन
कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सहज जीत
ग्रीनसिटीमा ओलम्पिकस्तरको स्वीमिङ पुल असोजभित्र निर्माण सम्पन्न हुने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
टी-२० विश्वकप
फिफा
काठमाडौँ