कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द
gorkhapatraonline.com · Mon May 25 04:15:35 GMT 2026

कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यहाँस्थित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने ती नगरपालिकाले जनाएका हुन् ।
भीमदत्त र कृष्णपुर नगरपालिकाले आइतबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)