राशिफलः आज (असार ४) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
corporatenepal.com · Wed Jun 17 23:43:21 GMT 2026

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८३ साल असार महिनाको ४ गते बिहीबार, शुद्ध ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ।
मेष
गर्नुपर्ने कामलाई शुक्ष्मरुपमा समीक्षा गर्ने र प्रतिबद्ध भएर अघि बढ्ने उर्जा तिब्र हुने छ । यसअघि गरेका गल्तिलाई नदोहो¥याउने प्रतिवद्धतासहित नयाँ ढंगले कर्मशिलता बढ्ने छ । सामाजिक सक्रियतामा उल्लेख्य बृद्धि हुने छ, समाजबाट सम्मानसमेत हुने छ । पारीवारिक जीवनमा नयाँ खालको सोच आउने छ र पारीवारिक सक्रियतामा नयाँ काम समेत अघि बढ्ने छ । पेशागत जीवनमा तिब्रता आउनेछ, थप जिम्मेबारी मिल्ने छ । घर घडेरी, सार्वजनिक सवारीसाधन, सूचना प्रविधि, सवारीसाधनको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर बजार भने मध्यम खालको रहने छ ।
Advertisement
वृष
असाध्यै साना विषयले पनि मनमा धेरै निराशाको भाव ल्याउने छ । व्यक्तिगत विषयले तनावको अवस्थाबाट गुज्रनु पर्ने छ । भविष्य प्रतिको चिन्ताले मनमा असाध्यै भारीपना ल्याउने छ । पेशागत जीवनलाई औसत रुपमा अघि बढाउन जोड दिनुपर्ने खालको समय छ । धेरै जोखिम नलिनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुलाई कठिनाई उत्पन्न हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
मिथुन
सकारात्मक सोचको व्यक्तित्व हुने छ, मनमा उत्साह आउने छ । हँमुख र घुलनशिल व्यक्तित्व हुँदा सबैको मन जितेर अघि बढ्न सक्ने क्षमता रहने छ । जोखिमले भरिएका कामहरुमा दृढतापूर्वक सँहाल्न सक्ने क्षमता रहने छ । पेशागत जीवन सकारात्मक गतिमा रहने छ । राजनीतिक क्षेत्रमा आवद्धहरुलाई थप लाभ मिल्ने छ । व्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि, कन्सल्टेन्सी क्षेत्र, घर जग्गा जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ ।
कर्कट
सामाजिक क्षेत्रबाट आलोचना हुने छ । सानो गल्तिको पनि निकै आलोचना हुँदा मनमा हतासोपना आउने छ । तर मन भित्रको आँटिलोपनाका कारण व्यवस्थापन गर्न दृढता आउने छ । रिस भने धेरै कडा खालको रहने भएकाले निकै संयमित रहनु पर्ने छ । परिवारका सदस्यहरुको मद्दतले नयाँ व्यवसाय अघि बढ्ने छ । पत्रकारिता, हवाई उड्ययन, निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि लाभ मिल्ने छैन् । शेयर बजारबाट नोक्सानी व्योहर्नु पर्ने छ ।
सिंह
बोल्नु पर्ने कुरामा पनि उदासिनताका कारण कम बोल्ने बानी देखिने छ । एकलकाँटे स्वाभावले गर्दा आफ्ना मित्रहरुसँगको सम्बन्धमा पनि चिसोपना आउने छ । पेशागत क्षेत्रमा प्राप्त जिम्मेबारीलाई निभाउन नसक्दा कठिनाई भोग्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि एकआपसमा बुझाई अभावले गर्दा बिबाद देखिने छ । समय प्रतिकुल चलिरहेकाले संयमित भइ कदम चाल्नु होला । सरकारी सेवा, ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहने छैन् । शेयर बजार अनुकूल रहने छैन् ।
कन्या
व्यक्तत्वग स्वाभावले गर्दा विश्वसनियतामा कमि आउने छ । हरेक कुरामा धेरै प्रतिक्रियात्मक स्वाभावले गर्दा कतिपय अवस्थामा धेरै जटिलतामा पु¥याउने छ, विशेषगरी प्रशासनिक नियन्त्रणमा जानु पर्ने जोखिम छ । त्यसैले अरुको कुरा धैर्यतापूर्वक सुन्ने र कम बोल्नु राम्रो रहने छ । स्वास्थ्यमा समस्या आउने छ । मिहिनेती र पराक्रमी बानीमा कमि आउने र आलस्यता बढ्ने छ । आर्थिक अवस्था भने मध्यम धानिने छ । पेशा ब्यवसायमा कठिनाईहरुको सामना गर्नुपर्ने छ । विशेषगरी बैकिङ्ग तथा वित्तिय जगत, सहकारी, पर्यटन जगतमा कार्यरतहरु समय सावधान रहनु पर्ने खालको छ । शेयर बजारबाट औसत खालको लाभ मिल्ने छ ।
तुला
कर्मशिलतामा तिब्रता आउने छ । आफूले गर्न खोजेका काम फत्ते गर्न पूरा होमिएर लाग्ने बानी रहने छ । मिहिनेत अनुसार फल प्राप्त हुने छ । कमाईको क्षेत्र र मात्रामा विस्तार हुने छ । कर्मशिलतामा हुने बृद्धिले आफू भन्दा ठुला अधिकारीहरुको भरोषा प्राप्त हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, फलफूल, मिठाईको व्यापार, दैनिक उभोग्य सामानको कारोवार, तरकारी तथा हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । मौसमजन्य स्वास्थ्यका विषयमा भने संवेदनशिल रहनु होला । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।
वृश्चिक
नयाँ स्थानमा परिवारका साथमा यात्रा हुने छ । विशेषगरी आफ्नो पैतृक थलो प्रतिको समाजलाई मद्दत गर्ने विषयमा तिब्रता आउने छ । नयाँ क्षेत्रमा नयाँ अवसर मिल्ने छ । धार्मिक तथा अध्यात्मिक कार्यमा सहभागि हुने अवसर मिल्ने छ । मनको आनन्दमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट लाभ मिल्ने छ । निजामती कर्मचारीतन्त्र, राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई अनुकुल रहने छ । शेयर बजारबाट भने अपेक्षा गरेअनुसार लाभ हुने छैन् ।
धनु
सहज र सरल खालको आनिबानी हुने छ । अवस्था अनुसार व्यावहार गर्न जान्ने स्वाभावले गर्दा सबैलाई मिलाएर लैजाने क्षमता रहने छ । अरुको आदर प्राप्त मिल्ने छ । परिवारको साथले जीवनमा ठुलो भुमिका रहने छ । पेशा ब्यवसायमा सकारात्मक वातावरण उत्पन्न हुने छ । आर्थिक चक्र सन्तुलित रहने छ । अनुसन्धान, अध्यापन, दार्शनिक क्षेत्र, मिष्ठान्न व्यवसाय, फूल व्यवसाय, दुग्ध व्यवसाय, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ हुने छ ।
मकर
भरोषायोग्य व्यक्तित्व रहने छ । असजिलो अवस्थामा पनि सँहालिएर पाइला चाल्ने तागत रहने छ । ठुलाबडा व्यक्तिहरुको भरोषा मिल्ने छ । मनले आँटेका कामहरु अघि बढ्ने छन् । भाग्यको बलियो साथ रहेको छ । पेशागत जीवन र ब्यवसायमा सफलता मिल्ने छ । राजनीति, निजामति सेवा, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई अनुकुल रहने छ । थप जिम्मेबारी मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
कुम्भ
सबैसँग मिल्ने व्यक्तित्व हुने छ । जसले गर्दा अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा सहज वातावरण आउने छ । जोखिमपूर्ण कदमहरु चाल्ने समय छ, र सफलता पनि मिल्ने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा मद्दत मिल्ने छ । लक्ष्य प्राप्तिमा प्रगति मिल्ने छ । आर्थिक सन्तुलन रहने छ । सार्वजनिक यातायात, कोल्डड्रिङ्स, किराना पसल, दैनिक उपभोग्य सामान, मिष्ठान्न, दुग्ध व्यवसाय, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा हुने छ । शेयर बजार मध्यम खालको रहने छ ।
मीन
मनमा अन्योलता बढ्ने छ । गर्नै नसक्ने खालका कुरामा पनि सक्छु भनि व्यावहार गर्दा विश्वसनियतामा कमि ल्याउने छ । जस्तो अवस्थामा पनि परिवारका सदस्यहरुको सहयोगले मिल्ने छ । यात्रामा सहजता आउने छ भने रमाईलो पनि मिल्ने छ । पेशागत जीवनमा अचानक उल्झनहरु खेप्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या आउने छ । भाग्यको साथ कम रहेकाले धेरै जोखिमपूर्ण काममा हात हाल्ने बेला देखिँदैन् । अध्यापन, लेखन, पत्रकारिता, गीत संगीत, प्रशिक्षक, शिक्षा क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजार औसत रहने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)