मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

nepallive.com · Wed Jun 17 23:45:05 GMT 2026

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो ।

पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

०५:३०

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

टिप्पणीहरू